Tech_NotesolutionBlog

एएफसी यू-२० महिला एशियन कप छनोटमा उत्तर कोरियाको भारी जित, नेपाल ११-० ले पराजित

भुटानको थिम्फुमा आइतबार सम्पन्न एएफसी यू-२० महिला एशियन कप छनोटको समूह ‘ए’ को अन्तिम खेलमा उत्तर कोरियाले नेपाललाई ११–० को फराकिलो अन्तरले पराजित गर्दै समूहको शिर्ष स्थानमा रहँदै २०२६ मा थाइल्यान्डमा हुने मुख्य प्रतियोगितामा स्थान सुरक्षित गरेको छ।

तीन पटकको विश्व तथा दुई पटकको एशियाली च्याम्पियन उत्तर कोरियाले खेलको सुरुदेखि अन्त्यसम्म दबाब कायम राख्दै लगातार तेस्रो जित हात पार्‍यो। यसअघि उनीहरूले साउदी अरेबियालाई १५–० तथा आयोजक भुटानलाई १०–० ले हराएका थिए। यससँगै उनीहरूले समूह चरणको अन्त्यमा नौ अंक हासिल गरे।

यो हारपछि नेपालले तीन खेलमा चार अंक मात्र जुटाउन सक्यो। नेपालले यसअघि भुटानसँग १–१ को बराबरी खेलेको र साउदी अरेबियालाई १–० ले हराएको थियो। नेपालको अन्तिम स्थान भने आइतबार बेलुकाको भुटान र साउदी अरेबियाबीचको खेलपछि टुंगो लाग्नेछ।

उत्तर कोरिया अब आगामी वर्ष थाइल्यान्डमा हुने यू-२० महिला एशियन कप फाइनलका लागि तयारीमा जुट्नेछ।

Leave a Comment